ज्येष्ठ नागरिकलाई न्यानो कम्बल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चिसो र शितलहरका बेला अहिले बालबालिका, ज्येष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार एक कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गरेका छन् ।
त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि ज्येष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताए । गाउँपालिकाले अहिले ज्येष्ठ नागरिकका लागि छुट्टै १५ सैययाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताए ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका ज्येष्ठ नागरिक, ६० वर्ष पुरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए । मंगलबार १ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech