नेपालगन्ज ४ मा नागरिक संवाद

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा नागरिक संवाद भएको छ ।
नेपालगन्ज उपमहानगपालिका वडा नम्बर ४ को सहयोगमा युथ टुडे मिडिया नेटवर्क प्रालिले आज आयोजना गरेको सम्वादमा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो तथा वडाको बिकासमा नागरिकहरुको सहभागिताका बिषयमा सम्बाद गरिएको थियो ।
वडाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्दै आएको बताए । उनले आम नागरिकको गुनासो तथा समस्यालाई यथासक्य समाधान गर्न र नागरिकको कामलाई छिटो छरीतो र प्रभावकारी रुपमा गर्ने तर्फ प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमका सहभागि एलिशा खत्रीले अरु वडाको तुलनामा ४ नम्बर वडामा विकासले गति लिएकोमा खुसी ब्यक्त गरिन् । यस्तै कार्यक्रमका सहभागि धर्म राज केसी, उमा गौचन, द्रोपति बिष्ट, सिला सिंह सिजापति, शोभा थापा लगायतले वडाको विकास र गर्नुपर्ने सुधारका बिषयमा बोलेका थिए ।


संवादमा उठेका प्रश्नको जवाफ दिदै वडा अध्यक्ष बेहनाले सहभागिहले उठाएका समग्र सवालहरुको सम्बोधन गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा वडा सदस्य इन्दीरा शाहीले वडाका समस्य समाधान गर्ने तर्फ केन्द्रित हुने बताइन् । सो क्रममा वडा सदस्य मेनका बैद्य, जयपत्रा कारी, वडा सचिव राज कुमार कार्कीले आफ्ना भनाईहरु राखेका थिए ।
युथ टुडे मिडिया न्युजका संवाददाता सोनाली गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता रबि बर्मा, पत्रकार चन्द्र बोहरा, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, आम नागरिक, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech