नरैनापुरका कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्यबाहेकका सेवा ठप्प

असल शासन प्रतिनिधि

नेपालगन्ज– नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा बाहेकका सबै सेवा ठप्प गरिएको छ ।  गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् । अध्यक्ष शाहका अनुसार कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको छ ।

नरैनापुर गाउँपालिकाको प्रशासनिक काम बन्द भए पनि स्वास्थ्य शाखाबाट सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिकाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech