सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुस्कार स्थापना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल पत्रकार महासंघ बाँके शाखामा स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार स्थापना भएको छ । महासंघसँगको सहकार्यमा श्रीमती सुशीला गौतमले उक्त कोष स्थापित गरेकी हुन् ।

सुशीला र सूर्यनाथ नेपालगन्जका नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमका माता पिता हुन् । नेपाल पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा दाता सुशीला गौतमले एक लाख रुपैयाँको कोष स्थापना गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

सूर्यनाथको मुटु रोगकै कारण मृत्यु भएपछि आफूले श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले बताइन् । उक्त कोषको संरक्षकमा छोरा निरज गौतमलाई राखिएको छ । अक्षय कोष रकम मुद्धतिमा राखिने छ । एक वर्षमा जति ब्याज आउँछ त्यो रकम पुरस्कारको रुपमा प्रदान गरिने छ । बिस्तारैपछि पुरस्कार राशि बढाउँदै लैजानेमा आफू सकारात्मक रहेको संरक्षक गौतमले बताए ।

महासंघ अध्यक्ष भण्डारीले पुरस्कारहरु व्यवस्थित गर्दै चाँडै वितरण गरिने र दाताहरुको महासंघले सदैव कदर गर्ने बताए । कार्यक्रममा स्व. गौतमकी धर्मपत्नी सुशीला, पत्रकार गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य सिराज खान, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाया, प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech