फोटो खिच्ने क्रममा पुलबाट खस्दा शिक्षकको मृत्यु

असल शासन प्रतिनिधि

धनगढी/ कैलालीको गोदावरीमा निर्मित पुलबाट फोटो खिच्ने क्रममा खसेका एक शिक्षकको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत तराई–पहाड जोड्ने गोदावरी नदीमाथि बनेको जीर्ण अवस्थामा रहेको काठे पुलबाट खस्दा अछाम मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको सोमबार बेलुकी मृत्यु भएको हो।

मंगलसेन सदरमुकामस्थित शोडषा माविका शिक्षक रहेका भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

भाटको बेलुकी करिब पौने ६ बजे भाटको मृत्यु भएको हो ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech