नेपालगन्जमा मास्क विना कुराकानी निशेध

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज स्थित सार्वजनिक स्थानहरुमा मास्क विना कुराकानी निशेध सहितका सचेतना मुलक स्टिकर टाँस गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत विकासका लागि सञ्चार कार्यक्रम अन्तरगत नेपालगन्ज स्थित बढी जन सरोकार राख्ने कार्यालय र नेपाल भारत जमुनाहा नाकामा मास्क विना प्रबेश निशेध, मास्क बिना सेवा निशेध र मास्क बिना कुराकानी निशेध लेखिका सचित्र स्टिकर टाँस गरिएको हो ।

कार्यक्रम अन्तरगत स्वयम् सेवकहरुको नेपाल भारत सिमा नाका जमुनाहामा नेपाल प्रबेश गर्दा अनिवार्य मास्क लगाएर प्रबेश गर्न अपिल समेत गरेका थिए । यसैगरी नेपालगन्ज उपमहानगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा समन्वय ईकाई, टाफिक कार्यालय नेपालगन्ज, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज लगायतका कार्यालय तथा स्थानहरुमा स्टिकर टाँस गरिएको हो ।
यसरी टाँस गरिएको स्टिकरहरु कार्यालयको गेटमा मास्क विना प्रबेश निशेध अंकित स्टिकर टास गरिएका छन् । यसैगरी  शाखाहरुमा मास्क विना सेवा निशेध र कर्मचारी तथा पदाधिकारीहरुको टेवल अगाडी तथा कार्यालयको प्रतिक्षालय, चिया पसल लगायत स्थानमा मास्क विना कुराकानी निशेध सहितका स्टिकर टाँस गरिएको हो । स्वयम् सेवकहरु सँगै कार्यालयका प्रमुख तथा कर्मचारीले स्वस्फूर्त रुपमा आफ्नो कार्यालयमा स्टिकर आफै टाँस गरेका थिए । सेवाग्राहीलाई सचेत र सजग गराउन गरिएको स्टिकर अभियान आवश्यक र उपयोगी रहेको कर्मचारीहरुले बताएका छन् । बासले युनिसेफ नेपालको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका सँगको सहकार्यमा खोप अभियान अन्तरगत खोज र खोप अभियान सञ्चालन, अनिवार्य मास्क अभियान र सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech