लुम्बिनीका ६ सीमामा कडाइ, सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकाबाट प्रवेश गर्न कडाइ गरिएको छ । बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको हो । दाङ र बर्दियाका कम चहलपहल हुने सीमा नाकामा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

दोस्रो चरणको कोरोना लहरमा सबैभन्दा पहिले र बढी बाँके जिल्ला प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न जमुनाह नाकामा कडाइ गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निर्णय गरेको हो ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech