जुम्लाको चन्दननाथमा कोभिड बिरुद्ध संयुक्त अभियान

स्वास्थ्य मापदण्ड पालना गर्न आम नागरिकहरुलाई अपिल

असल शासन प्रतिनिधि

जुम्ला / चन्दननाथ नगरपालिका जुम्लामा कोभिड १९ बिरुद्ध सचेतना जगाउदै सरोकारवालाहरु अभियानमा जुटेका छन् ।
चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाल, जिल्ला प्रहरी कार्यालय, शसत्र प्रहरीको संयुक्त आयोजनामा आज चन्दननाथ नगरपालिकामा कोभिड १९ बिरुद्ध अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ ।


महामारि नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको अनिवार्य आवश्यकता, म पनि मास्क लगाउछु र अरुलाई पनि लगाउन अभिप्रेरित गर्छु लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड सहित चन्दननाथ नगरपालिकाका उप प्रमुख अप्सरा देबि न्यौपाने महत सहित जनप्रतिनिधि, कर्मचारी, बास आबद्ध युवाहरु, नेपाल प्रहरी, शसत्र प्रहरी सहितको टोलीले बजार परिक्रमा गर्दै सचेत हुन नगरबासिहरुलाई आव्हान गरेको हो । सो क्रममा नगर उप प्रमुखले सबैलाई मास्क लगाउन, खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न अपिल गरेकी थिईन् । यसैगरी अभियानमा नेपाल प्रहरी तथा शसत्र प्रहरीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न माईकिङ्ग गर्दै आम नागरिकहरुलाई अपिल गरेका थिए । अभियानको क्रममा ३ हजार बढी मास्क आम नागरिकहरुलाई बितरण गरिएको थियो । जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड सक्रमितहरु देखा परेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाल लगायत सरोकारवालाहरुले आम नागरिकहरुलाई सजग गाउन विभिन्न अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
चन्दननाथ नगपालिकामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि मास्क अभियान, स्टिकर अभियानसँगै नगरपालिकालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्नेगरी अभियानलाई तिब्रता दिईएको छ ।

 

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech