भेरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गर्ने योजना अनुसार बुधबार नेपालगन्जस्थित भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभाका सांसद आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्दबहादुर चन्दलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा एन्टिजेन किट्स – २ बकस, अक्सिजन सिलिन्डर ठूलो – १ थान, मास्क – १५ प्याकेट, पिपिइ – १० सेट, पल्स अक्सिमिटर १२ थान रहेको छ । पछिल्लो समयमा कोरोना संक्रमण वृद्धि हुँदै गएपछि अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष खरेलले बताए ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech