१५ दिने आधारभूत हाते कढाइ तथा बुटिक तालिम सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा १५ दिने आधारभूत हाते कढाइ तथा बुटिक तालिम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर नगर समितिले उक्त तालिम संचालन गरेको हो ।

२० जना प्रशिक्षार्थी सहभागी तालिमको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले पानसमा दियो बालेर तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त आचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष पूर्णलाल चुके, प्रदेश सदस्य सतिश अधिकारी, जिल्ला अध्यक्ष मधु कुमारी खड्का, १८ नम्बर वडा सदस्य दिग्विजय ढुङ्गाना, सामुदायिक प्रहरीका अध्यक्ष दिपेन्द्र कुमार जोशीलगायतका उपस्थिति रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग नगर समितिका उपाध्यक्ष बिष्णु खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई शुभकामना दिँदै सामुदायिक प्रहरीका अध्यक्ष, दिपेन्द्र कुमार जोशी, वडा सदस्य, घरेलु महासंघका पूर्व अध्यक्ष, प्रदेश सदस्य, जिल्ला अध्यक्ष लगायतले आआफ्नो धारणा राखेका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले तालिम लिनु ठूलो कुरा नभई तालिमपश्चात् पाएको उपलब्धि नै ठूलो हुने बताए । उनले घरेलु नगर समितिको साथमा उपमहानगरपालिका सधैं साथमा रहेको भन्दै आर्थिक विकाससँगै नगर र देशलाई समृद्धितर्फ लैजानका लागि सबैसँग सीप हुनु पर्ने औंल्याए । सीप सिक्ने मात्र नभई त्यसलाई व्यवासायिक बनाउनु पर्नेमा अधिकृत आचार्यले जोड दिए ।

शारीरिक दूरी कायम गरेर सीमित संख्याको उपस्थितिमा संचालन गरिएको तालिमको प्रशिक्षक भिमु थापा मगर रहेका छन् ।

नगर समितिका महासचिव भोजराज तिमिल्सिनाले संचालन गरेको उद्घाटन कार्यक्रमको सभाध्यक्ष दिला कुमारी शाह थिइन् ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech