एचसिआरसी अस्पताललाई दुई थान कन्सेल्टेटर मेसिन हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले नेपालगन्ज स्थित एचसिआरसी अस्पताललाई दुई थान कन्सेल्टेटर मेसिन सहयोग हस्तान्तरण गरेको छ ।
एनआरएनएको सहयोगमा बास नेपाललाई प्रात्त १० लिटरको उक्त कन्सेल्टेटर मेसिन बासले अस्पतालका प्रमुख डा. कुमारसान शाहलाई हस्तान्तरण गरेका छन् । कोभिड १९ सक्रमण तिब्र रुपमा बढीरहेको अवस्थामा बासले बिरामीको उपचारमा सहजहोस भन्ने उद्धेश्यले उक्त मेसिन हस्तान्तरण गरिएको हो । कन्सेल्टेटर मेसिन ग्रहण पश्चात बोल्दै अस्पतालका प्रमुख डा. कुमारसान शाहले अस्पतालले सेवा विस्तारको शुरुवातमा बासले गरेको सहयोगले थप हौसला थपेको बताए । उनले प्रात्त कन्सेल्टेटर मेसिनको पूर्ण रुपमा उपयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा सहयोगको बारेमा जानकारी गराउदै बासका कार्यकारी निर्देशक नमस्कार शाहले एनआरएनएले गरेको सहयोगको स्मरण गर्दै सहयोगका लागि धन्यबाद ज्ञापन गरे । उनले यस अघि नेपालगन्ज स्थित भेरी अस्पताल, वेष्टर्न अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिसकेको बताउदै सेवा विस्तारको चरणमा रहेको एचसिआरसीले आफ्नो सेवामा थप सुधार ल्याओस भन्ने उद्धेश्यले कन्सेल्टेटर सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको बताए ।


सहयोग हस्तान्तरण कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, कार्यवाहक कोषाध्यक्ष दिला शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य खेम बिष्ट, निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती रहेको थियो । बासले कोभिड १९ बिरुद्ध सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech