अटोरिक्सामा सुपारी तस्करी !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट इ–रिक्साको डिक्की र हुडमा लुकाइछिपाई गरी नेपालबाट भारततिर लैजाँदै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी बरामद गरेको जनाएको छ ।

प्रहरीले उक्त रिक्साबाट अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको अवैध सुपारी बरामद गरेको जनाएको छ । बरामद गरेको उक्त सुपारी र इ–रिक्सालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ । सुपारी बोकेको उक्त रिक्साका चालक भने प्रहरीलाई देख्ने बित्तिकै भागेको बाँके प्रहरीले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech