कृषि तथा पशु उद्ममशीलता परियोजनाबारे अभिमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिको वडा नं.३, ४, ५ मा राप्ती सोनारी गाउँपालिकामा संचालन भइरहेको कृषि तथा पशु उद्ममशीलता विकास परियोजना अन्तर्गत वडा स्तरका सरोकारवालालाई परियोजनाको बारेमा अभिमुखकरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा भेरी वातावरणीय विशिष्तता समह (बी–गु्रप) बाँकेले परियोजना संचालन गरिरहेको छ ।

वडा स्तरका सरोकारवालालाई परियोजनाको बारेमा अभिमुखीकरण साथै वडा स्तरीय परियोजना अनुगमन तथा समन्वय समितिको गठन समेत गरिएको हो । कार्यकम तीनवटै वडामा क्रमश वडा नं.५को अध्यक्ष झगरु थारु, वडा नं.४ को अध्यक्ष कान्छा थारु र वडा नं.३ का अध्यक्ष गंगाराम थारुको अध्यक्षतामा वडा स्तरीय परियोजना अनुगमन तथा समन्वय समितिको गठन गरिएको छ ।

कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समूह (बी–गु्रप)कार्य समितिको सदस्य मिरा खनालले सहभागीहरुलाई परियोजनाको बारेमा जानकारी गराएकी थिइन् । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पोखरेलले कार्यक्रमको उद्देश्य र हेफर इन्टरनेशनलको बारेमा जानकारी गराएका थिए ।

भेरी वातावरणीय विशिष्टता समूह (बी–गु्रप) बाँकेको आयोजनामा संचालन भएको कृषि तथा पशु उद्ममशीलता विकास परियोजनाको कार्यक्रम संयोजक रामकुमारी चौधरीले परियोजनाको क्रियाकलाप र बजेटको बारेमा जानकारी गराएकी थिइन् । तीनवटै वडाका वडाध्यक्षहरुले परियोजना सफल बनाउन सबैले सहयोग गर्न अनुरोध गरेका थिए । परियोजना स्थानीय जनताको लागि आर्थिक सम्वृद्धिको लागि महत्वपूर्ण सारथि बन्ने अपेक्षा गरिएको छ । महिला किसानहरुलाई आत्मनिर्भर तथा उद्ममी बनाउनको लागि परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्षहरुले बताएका थिए ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech