६ प्रश्नमा लोकेन्द्र चन्द

असल शासन प्रतिनिधि

लोकेन्द्र चन्द (अध्यक्ष)
जयआमा कृषि सहकारी संस्था लिमिटेड, नेपालगन्ज

१. तपाईको जीवनको आदर्श के हो ?
मेरो जीवनको आदर्श भनेको खाना खाने र जीवन जीउनु हो ।

२. कसको उत्पे्ररणाले तपार्इं यहाँसम्म आई पुग्नु भयो ?
मेरो बुवाको उत्प्रेरणाले म यहाँसम्म आइपुगेको हुँ ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
म हरेक दिन २ मिनेट समाजका लागि सोच्ने गर्छु र जस्तोसुकै पीडितलाई सहयोग गरिरहेको छु ।

४. तपाईंको जीवनको अविस्मरणीय क्षण ?
जागिर गर्ने सिलसिलामा एकजना व्यक्ति आएर मेरो निधारमा बन्दुक राखेको क्षण मेरो जीवनको अविस्मरणीय क्षण हो ।

५. तपाईंको बुझाइमा असल शासन भनेको के हो ?
कुनै पनि व्यक्ति कुनै पनि पद्धतिमा हिँडिदिनु मात्र पनि असल शासन हो ।

६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
सर्वप्रथम आफू परिवर्तन भएर अरु ३ जना व्यक्तिलाई परिर्वतन गर्न प्रेरित गर्नु नै समाजका लागि मेरो प्रतिबद्धता होे ।

 

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech