वृद्ध भत्ता बुझ्न सकसः लाइनमा बसेकी बिरमीको मृत्यु

असल शासन प्रतिनिधि

बर्दिया/ वृद्ध भत्ता लिन बै‌क पुगेकी एक वृद्धाको मृत्यु भएको छ । भत्ता लिने क्रममा लाइनमा बसेकी गुलरिया नगरपालिका वडा नम्बर–१ निवासी ७८ वर्षीया बिरमी दमाईको मृत्यु भएको हो ।

वृद्ध भत्ता लिन श्रीमान दुर्गे दमाईसँगै बै‌कमा पुगेकी बिरमी लाइनमा बसिरहेको बेला एक्कासि बेहोस भएर लडेकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइएकी बिरमीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिरमीका दम्पती गुलरियास्थित सांग्रिला बै‌कमा वृद्ध भत्ता लिन पुगेका थिए ।

वृद्ध भत्ता बुझ्न बै‌कमा लाइन लगाउनु पर्दा अधिकांश वृद्धवृद्धालाई सकस हुने गरेको छ । घण्टौं लाइनमा उभिनु पर्ने झन्झट एकातिर छ भने अर्कोतर्फ बैंकका सीमित कर्मचारीबाट गुणस्तरीय सेवा नपाइने आवाज पनि उठ्न थालेको छ । वृद्ध भत्ता बुझ्ने समयमा बै‌कको स्थान साघुँरो भएर यत्रतत्र छरिएर वृद्धवृद्धाहरु लाइनमा बस्न बाध्य हुने गरेका छन् । घरदैलोमै भत्ता पाइने वातावरण बनाइदिन स्थानीय सरकारसँग उनीहरुले माग गरेका छन् ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech