सामाजिक अभियान तीस बर्षमा

कृष्णजङ्ग शाह

गेरुवा ग्रामिण जागरण संघ बर्दिया (www.geruwa.org.np) जिल्लाको दुर्गम स्थान मानिने राजापुर गाबिस (हाल राजापुर नगरपालिका) आज भन्दा ३० बर्ष पहिले त्यस क्षेत्रमा परिवर्तनशिल उद्देश्य लिएका युवाहरुको पहलमा आत्म साक्षी राखि मन, बचन, र कर्मले समाजको सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको थियो ।

हाल नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समुदायको बिकासको लागि ४ दर्जन भन्दा बढी परियोजना संचालन गरि सकेको छ । हाल बिभिन्न ६ कार्यालय स्थापना गरि बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा परियोजना संचालन गर्दै आइरहेको छ । विगतमा यस संस्थाले दाङ, रोल्पा, अछाम र डोटी जिल्लामा पनि काम गरिसकेको छ। संस्था स्थापनाको २९ पुरा भई ३० बर्ष प्रवेश गरेको शुभ अवसमा मेरो भनाई राख्न पाउँदा अत्यन्तै हर्षित भएको छु ।

यस संस्थाका संस्थापक सदस्यहरुको पहलमा यस संस्थाको स्थापनाका लागि प्रारम्भिक छलफल गरी बर्दिया जिल्लाको राजापुरमा भेला गराई २०४९ माघ ६ गने जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका थियौं । समाज कल्याण परिषदमा आवद्धता, कर कार्यालयमा दर्ता भई पान नम्बर लिइ सकनु साथै गैरसरकारी संस्था महासंघ नेपाल, सुरक्षित मातृत्व महासंघ नेपाल र गैरसरकारी संस्था समन्वय समिति बर्दियामा सदस्यता प्राप्त गरि सकेको छ ।

संस्था स्थापना भएको २९ बर्ष पुगी सक्दा हिजो अस्ति जस्तो लागेको छ मलाई, काममा सक्रियतापुर्वक अघी बढदै जाँदा समय गएको थाहै नहुँदो रहेछ । यस संस्थाले २९ बर्षे कालखण्डमा असँख्य आरोह अवरोधहरु पार गरेको छ । ती सम्पूर्ण आरोह अवरोहको यस संस्थाको इतिहासले उचित मुल्याङ्कन गर्नेछ । यस अवधिमा नेपालको दुर्गम, पछाडी परेको समुदाय एवं द्वन्द्वग्रस्त परिबेशमा समेत कार्य गरेको अनुभव, प्राबिधिक क्षमता, एबम सहकार्य मार्फत सकारात्मक सोच, योजना कार्यान्वयन एवंम उपलब्धीहरुनै नेपाली समुदायको सम्पत्तिको रुपमा रहेको छ ।

अन्तमा, यस संस्थालाई सहयोग प्रदान गर्नुहुने सम्पूर्ण ब्यक्ति एवं संघ, संस्था, सरोकार निकायहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु साथै यस गेरुवा ग्रामीण जागरण संघको संस्थागत क्षमता अभिबृद्धि एवं संस्थाको श्रोत साधन अभिबृद्धि गराई सामुदायिक बिकासका लागि हातेमालो गरीदिन हुन सम्पर्ण सरकारी कार्यालय, स्थानीय निकाय, गैर सरकारी संस्था, बिभिन्न स्वदेशी एवं बिदेशी दातृ निकाय एव नागरिक समाजका ब्यक्तिहरु लगायत आम जनसमुदायमा हार्दिक अपिल गर्द्छु ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech