अपाँगता भएका व्यक्तिहरुलाई न्यानो कम्वल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपाल अपाँग सँघ खगेन्द्र नवजीवनका संस्थापक अध्यक्ष स्वर्गिय खगेन्द्र बहादुर बस्नेतको ९४ औं जन्म जयन्ति नेपालगञ्जमा मनाईएको छ ।

बाँके शाखाका अध्यक्ष भोला सिंह हमालको अध्यक्षतामा माघ ८ गते शनिवार सम्पन्न कार्यक्रममा स्वर्गिय खगेन्द्र बहादुर बस्नेतको सामाजिक भूमिकाका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै सँघका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले बस्नेतको अथक प्रयासबाट अपांग सँघको स्थापना भई अपाँगता भएका व्यक्तिहरुको हक हितका लागि काम भएको बताए ।

सचिव नमस्कार शाहले संचालन गरेको कार्यक्रममा सदस्य चित्र बहादुर शाहीले स्वागत गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य भावुकजँग थापा, प्रभाकार भट्टाई लगायतले बोलेका थिए । कार्यक्रममा बस्नेतको सम्झनामा मौन धारण गर्नुका साथै तस्विरमा माल्यारपण गरिएको थियो ।

कार्यक्रममा ५ जना अपाँगता भएका व्यक्तिहरुलाई न्यानो कम्वल बितरण गरिएको थियो । राप्तीसोनारी ८ का श्याम थारु, नेपालगञ्ज ७ का अमर शाक्य, नेपालगञ्ज १० का परमानन्द कुम्हार, नेपालगञ्ज २० का भिम बहादुर थापा र जानकी २ का कबिराज कोरीलाई कम्वल बितरण गरिएको थियो ।

उनीहरुलाई सँघका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, बाँके शाखा सभापती भोला सिंह हमाल लगायतले कम्वल बितरण गरेका थिए । कार्यक्रम बाँके जिल्ला अदालतको सभाहलमा सम्पन्न भएको थियो ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech