ब्राउन सुगरसहित बाँकेमा तीन पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरी र लागुऔषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागुऔषध फेला परेको न्यौपानेको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरु लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech