राप्तीसोनारीमा निःशुल्क एन्टिजेन परीक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्ती सोनारी गाउँपालिकामा निःशुल्क एन्टिजेन विधिमार्फत कोरोना संक्रमितको जाँच शुरु गरिएको छ । राप्ती सोनारीले लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशुल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गरेको हो ।

पालिकाले प्रत्येक दिन राप्ती सोनारी अस्पतालमा कोरोना जाँच गर्ने अध्यक्ष लाहुराम थारुले जानकारी दिए । अहिले तत्काल ७ सय जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए ।

पछिल्लो साता यता परीक्षण गरिएकामध्ये ६० प्रतिशत बढीमा भाइरस संक्रमण पोजेटिभ देखिरहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । राप्ती सोनारी गाउँपालिमा ३५ जना कोरोना संक्रमित रहेका छन् ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech