कोरोना कहरः जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा स्थगित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा हस्ताक्षरित सूचनामा भोली मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बन्द रहने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परी हाल आइसोलेसनमा रहेकोले जनाइएको छ ।

कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड समेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम भई प्रवाहमा कठिनाई भएको र अन्य केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि भोलीदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको पनि सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता/नवीकरण हातहतियार नवीकरणलगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech