गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोहलपुर नगरपालिका ११ स्थित दशबिघा चोक नजिकै बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा बढैयाताल गाँउपालिका ३ बर्दियाका २० वर्षिय राजन कुमार थारुको मृत्यु भएको छ । कोहलपुरबाट बर्दिया तर्फ जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर आउँदै गरेको भे १ च २८१५नम्बरको बोलेरो गाडीले शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक थारुको मृत्यु भएको हो ।

मृतक थारु सैन्य तालिम केन्द्र सैनामैना रुपेन्देहीमा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech