ट्राफिक चोकबाट अबैध सामान बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामान बेवारिसे अवस्थामा फेला पारेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०  ट्राफिक चोकबाट सोमबार विभिन्न लत्ता कपडा एवम् चिनी फेला पारेको हो ।

फेला परेका सामग्रीमा रुमाल (३८४ दर्जन), लेडिज लुङ्गी  (३६० पिस), लेडिज कुर्ती (२१० पिस), अण्डर वेयर (१ बोरा), चिनी (३ बोरा) र लेडिज सुट(१९ पिस) रहेको छ ।

प्रहरीका अनुसार फेला परेका सामग्रीको मूल्य दुई लाख अठहत्तर हजार  रहेको छ । उक्त सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech