क्षमता अभिवृद्धिका लागि बालबालिका र युवालाई तालिम

असल शासन प्रतिनिधि

क्षमता अभिवृद्धिका लागि बालबालिका र युवालाई तालिम

डोटी/ डोटीको जोरायल गाउँपालिकामा बालबालिका  र युवाहरुका लागि सञ्चालित तीन दिने क्षमता अभिवृद्धि तालिम मंगलबार सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालले माघ ९ गते आइतबारदेखि संचालन गरेको तालिमको एक कार्यक्रमका बीच समापन भएको हो ।

तालिम समापन सत्रमा बोल्दै तालिमका सहभागी लालबहादुर नेपालीले तालिमबाट योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका बारेमा प्रष्ट भएको भन्दै पालिकाले आगामी दिनमा बालबालिका र युवाहरुका लागि आवश्यक बजेट विनियोजन गर्नु पर्ने बताए । समापन सत्रमा बोल्दै जोरायल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख तेज बहादुर खत्रीले गाउँपालिकाले युवा तथा बालबालिकाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउँदै बालबालिकाको माग अनुसार परिमार्जन गर्दै लैजाने बताए ।

आगामी दिनमा पालिकाले युवा तथा बालबालिकाहरुको लागि थप बजेटको व्यवस्था गरी परिचालन गरिने भन्दै उनले बालबालिका र युवाहरुलाई समन्वयमा रहेर काम गरेमा प्रभावकारिता बढ्ने बताए । शाखा प्रमुख खत्रीले जोरायल गाउँपालिकामा तालिमको आयोजना गरेकोमा आयोजक र सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गरे ।

बास नेपालले बाल संरक्षण तथा जोखिम पूर्ण सञ्चार कार्यक्रम अन्तर्गत गर्ने क्रियाकलापहरुको बारेमा परियोजना संयोजक हेम राज भट्टले जानकारी दिएका थिए । तीन दिनसम्म संचालन भएको तालिममा बाल अधिकार, लैंगिक हिंसा न्यूनिकरण, बाल समूह सञ्जाल गठन, योजना निर्माण प्रक्रियालगायतका विषयमा प्रशिक्षण गरिएको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन बासका कार्यक्रम अधिकृत गणेश मौनीले गरेका थिए । तालिममा वडा स्तरीय बालक्लब, पालिका स्तरीय बालक्लब संजाल र युवा क्लबका गरी ३२ जना युवाहरुको सहभागिता रहेको थियो ।

बाल अधिकार संरक्षणमा सात बुँदे साझा प्रतिबद्धता

जोरायल गाउँपालिकाले युवा तथा बालबाललिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरुलाई लागु गर्न सोमबार सात बुँदे साझा प्रतिबद्धता गरेको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तरगत मिति २०७८ माघ १२ गते (२४ जनवरी, २०२२) का दिन जोरायल गाँउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा भएको स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्तर्क्रिया कार्यक्रमबाट सात बुँदे साझा प्रतिबद्धता गरिएको हो ।

पालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहराले स्थानीय निकायको योजना निर्माण प्रक्रियामा युवा तथा बालबालिकाको संस्थागत सहभागिताको संयन्त्र विकास गरी सहभागी गराइनेछ । ,बालबालिका  तथा युवाहरुहरुको लागि आवश्यक बजेट व्यवस्थापन गरी तिनीहरुबाट नै परिचालन गरी कार्यान्वयन गराइनेछ । स्थानीय सरकारले निर्माण गर्ने भौतिक संरचनाहरु बालमैत्री निर्माण कार्यको सुरुवात भइसकेको हुँदा उक्त कार्यलाई निरन्तरता दिइनेछ ।

बालबालिकाको वस्तुगत विवरण (सडक बालबालिका, टुहुरा, आमाबुवा नभएका, विशेष प्रकृतिका) तयारी गर्न पहल गरिनेछ ।बच्चा जन्मेको एक महिनाभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउन अभियान संचालन गराइनेछ । प्रत्येक टोल स्तरीय, वडा स्तरीय र गाउँपालिका स्तरीय बालक्लबहरु गठन गरी सम्बन्धित निकायमा आबद्धता गराई परिचालन गरिनेछ । बालबालिका  तथा युवा वर्गलाई प्रत्यक्ष प्रभाव पार्ने कुरीतिहरु अन्त्य गर्न गाउँपालिकाले आवश्यक बजेटको ब्यवस्थापन गरी कार्यान्वयनमा ल्याइनेछ । (बाल विवाह, बाल श्रम, छाउपडी प्रथा, बहुविवाह, जातीय छुवाछुतविरुद्ध बुँदागत रुपमाप्रतिबद्धता जनाइको हो । कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, शाखा प्रमुखहरुर बालक्लब तथा युवा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech