कर्मचारीमा कोरोना देखिएपछि राप्तीसोनारी गाउँपालिका बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बुधबारदेखि बन्द गरिएको छ । गाउँपालिका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा बुधबारदेखि राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द रहने जनाएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी दिए ।

गाउँपालिकाका केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाइ भएपछि अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्नु परेको उनको भनाइ छ । माघ १५ सम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech