नेपालगन्ज विमानस्थलबाट ५० वर्षीया महिला पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज एयरपोर्टबाट प्रतिबन्धित लागुऔषध चरेशसहित मंगलवार ५० वर्षीया महिला पक्राउ परेकी छन् । तिलागुफा नगरपालिका–७ जुम्लाकी  कृष्णकला शाहीलाई विमानस्थलबाट ३३ ग्राम चरेशसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

बुद्ध एयरको पौने १० बजेको फलाइटबाट काठमाण्डौ जान लागेकी शाहीलाई टर्मिनल हलबाट बाहिरिने क्रममा महिला सुरक्षाकर्मीले जाँच गर्नेक्रममा चरेश फेला पारेको जनाइएको छ । महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।

यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारि भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेको अवस्थामा चरेशसहित पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ । शाहीले औषधिकोरुपमा आफुले चरेश राखेको प्रहरीलाई प्रारम्भिक बयान दिइएको बताइएको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech