बाल अधिकार संरक्षणमा जोरायल गाउँपालिकाको ७ बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

बाल अधिकार संरक्षणमा जोरायल गाउँपालिकाको ७ बुँदे प्रतिबद्धता

डोटी / डोटीको जोरायल गाउँपालिकाले युवा तथा बालबालिकाको समग्र विकासका लागि सात बुदे साझाँ प्रतिबद्धता गरेको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत माघ १२ गते जोरायल गाँउपालिकामा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा वालवालिका र युवाको सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत पदाधिकारी र कर्मचाीहरुले साझाँ प्रतिबद्धता गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागि बालवालिका र युवाहरुले बालवालिकाको क्षेत्रमा पालिकाले गर्ने लगानी र अर्थपूर्ण सहभागिताका बिषयमा प्रश्न गरेपछि पालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहराले स्थानीय निकायको योजना निमार्ण प्रक्रियामा युवा तथा बालबालिकाहरुको संस्थागत सहभागिताको संयन्त्र विकास गरी अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने प्रतिबद्धता गरेका थिए । यसरी गरिएका प्रतिबद्धताहरुम बालबालिका तथा युवाहरुहरुको लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने, पालिका भित्र निमार्ण गर्ने भौतिक संरचनाहरु बालमैत्री बनाउने, बालबालिकाको बस्तुस्थिती पत्र (सडक बालबालिका, टुहुरा, आमाबुवा नभएका, विशेष प्रकृतिका) तयारी गर्न आवश्यक पहल गर्ने, बालवालिका जन्मिएको एक महिना भित्र अनिबार्य रुपमा जन्म दर्ता गराउन अभियान संचालन गर्ने, प्रत्येक टोल स्तरीय, वडा स्तरीय र गाउँपालिका स्तरिय बालक्लबहरु गठन गरि सम्बन्धीत निकाएमा आबद्धता गराई परिचालन गर्ने, बालबालिका र युवालाई प्रत्यक्ष प्रभाव पार्ने कुरुतीहरु अन्य गर्न गाउँपालिकाले आवश्यक बजेटको ब्यवस्थापन गर्ने रहेका छन् ।
बासका कार्यक्रम अधिकृत गणेश मौनीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु र बालक्लब तथा युवा क्लबका प्रतिनिधीको सहभागिता रहेको थियो ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech