महेन्द्रनगरमा युवा अभिमुखीकरण

असल शासन प्रतिनिधि

महेन्द्रनगर / भिमदत्त नगरपालिका कन्चनपुरका युवाहरुलाई कोभिड १९ बिरुद्धको अभियानमा परिचालन गर्न अभिमुखिकरण गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत जोखिम पूर्ण सञ्चार तथा सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत युवा समुह गठन गरि क्षमता अभिबृद्धीकालगि एक दिने अभिमुखिकरण गरिएको हो ।
महेन्द्रनगरमा आयोजित अभिमुखिकरण कार्यक्रममा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार, कोभिड १९ बिरुद्ध युवाहरुले गर्नुपर्ने कामहरु लगायतका विभिन्न बिषयमा परियोजना संयोजक हेमराज भट्टले सहजिकरण गरेका थिए । अभिमुखिकरण पश्चात युवाहरुले आफ्नो नगरपालिका भित्र कोभिड बिरुद्धको अभियानमा आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरुले आफ्नो नगरपालिकामा महामारिको समयमा स्वयम् सेवक गर्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।


यसैगरी अभिमुखिकरणको समापन कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासँघ कन्चनपुरका सचिब तथा स्विट नेपालका अध्यक्ष अमिर तिरुवाले महामारिको बेला भिमदत्त नगरपालिकालाई कार्य क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्थालाई धन्यबाद ज्ञापन गरे । उनले भिमदत्त नगरपालिकामा कोभिड बिरुद्धको अभियान सञ्चालनका लागि युवाहरु भूमिका अपरिहार्य रहेको अवस्थामा बासले युवा समुह गठन गरि परिचालन गर्ने योजनाले नगरपालिकाको कोभिड बिरुद्धको अभियानमा ठुलो मद्दत गर्ने बताए । नगरपालिका भित्र सञ्चालन गर्ने अभियान तथा कार्यक्रमहरुमा गैसस महासंघ तथा स्विट नेपालले पूर्ण रुपमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
अभिमुखिकरण पश्चात आज नै युवाहरुले भिमदत्त नगरपालिकाका विभिन्न सरकारी तथा सार्वजनिक स्थानहरुमा मास्क बिना प्रदेश निशेध अंकित स्टिकर टाँस गरेका छन् ।


यसैगरी कोभिड बिरुद्धको अभियानमा युवा परिचालनका सम्बन्धमा भिमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोसीसंग भेटघाट तथा छलफल भएको छ । उनले कोभिड सक्रमण दिनानुदिन बढी रहेको अवस्थामा जनशक्ति आवश्यक रहेको बताए । नगरपालिकाको खोप अभियान, सिमा नाकामा सहयोग लगायतमा युवाहरुको आवश्यकता रहेको बताउदै सोही अनुसार परिचालनका लागि योजना बनाएर अगाडी बढ्न सकेने बताए ।


यसैगरी आज नै बासका परियोजना संयोजक हेमराज भट्ट, गैसस महासंघ कन्चनपुरका सचिब अमिर तिरुवा, बासका कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, बास कैलाली जिल्ला संयोजक तेज बोहरा, बासका स्वयम् सेवक हेमा धामी लगायतको टोलीले भिमदत्त नगरपालिकाको गड्डा चौकी नाकाको अवलोकन गरेका छन् । नाकामा स्वयम् सेवक परिचालन गर्ने सन्दर्भमा अवलोकन तथा सिमा स्थित कर्मचारीहरुसँग आवश्यक छलफल गरिएको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech