लागूऔषधसहित सुर्खेतका गिरी र खत्री पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लागू औषधसहित सुर्खेतका २ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर–६ का ४९ वर्षीय बालकृष्ण गिरी र सन्जय खत्रीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पदरुपमा हिडिरहेका बालकृष्णले बोकेको जेब्रा झोलामा लागूऔषध कोरेक्स १०० मिलिको २५ बोत्तल फेला परेको प्रहरीले जनाएको छ । उनलाई सोधपुछ गर्दा उक्त लागूऔषध संजयले झोलामा राखीदिएको भनेपछि खोजतलास गर्दा सन्जयलाई नेपालगन्ज–२ न्युरोडबाट पक्राउ गरिएको प्रहरीको भाइ छ ।

सन्जयको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाईट्रोजेपाम फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारबाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech