बाँकेमा विपन्नलाई सामूहिक आवास

असल शासन प्रतिनिधि

नेपालगन्ज/ घरबास र जग्गाविहीन विपन्न परिवारका लागि बाँकेमा सामूहिक आवास निर्माण भएको छ । खजुरा गाउँपालिका ३ बि–बोरिङमा उक्त वर्गका लागि १६ वटा घर निर्माण गरिएको हो । ५ वटा घर निर्माणाधीन अवस्थामा रहेकोमा निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत् विपन्न व्यक्तिहरु पहिचान गरी उक्त घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामूहिक आवासको उद्घाटन गरेका छन् । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुने गरी आवास निर्माण गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech