ड्राइभरसँग रमिना फरार, श्रीमान मिडियामा

असल शासन प्रतिनिधि

काठमाडौं/ वैदेशिक रोजगारीका लागि विदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ । घर परिवारलाई राम्रोसँग पालनपोषण गर्ने सोचले विदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको । उनी अहिले दक्षिण कोरियामा छन् । उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ वर्ष पुगेको छ ।

५ वर्ष अघि पुष्पबहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए । दुवैको परिवार खुशी नै थिए । तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहीन भएको २ महिना भएको छ । ५ वर्षीय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन् पत्तो छैन । पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौंको गौरिघाटस्थित रहेको डेरासमेत परिवर्तन गरेकी छिन् । पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् ! तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिँदैन । पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहीन भएपछि उनी चिन्तामा छन् । उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए ।

उनले फोनमा अन्य परपुरुषसँग बोलेको देखेपछि र स्वयम् उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन् । श्रीमान विदेश गएको ६ महिनापछि आफू रिलेशनमा रहेको र साँढे २ वर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन् । त्यसपछि रमिनाले आफ्नो श्रीमान पुष्पसँग माफी मागिन । माफी पनि दिए तर पटक पटक आफूसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेको पुष्पले बताए । पुष्प पीडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको समस्या समाधान गर्न पटक पटक भनिरहन्थे । पुष्प आफ्नो श्रीमतीको टचरकै कारण आत्माहत्या गर्नसम्म पुग्नै लागेका थिए । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कैयाँै रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन् । उनीहरुबिच विवाद हुँदै गयो । रमिनाले निर्धक्कसँग म्यासेन्जरमा स्क्रिन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउँथिन । रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँस्न बारम्बार भनेको समेत पुष्पले बताए ।

पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनि केही लागेन । उनै रमिना उल्टै आफ्ना श्रीमानलाई दोष थुपार्दै पन्छिन खोजिन् । पुष्पको आफन्तलाई उनकी श्रीमती रमिनाले बढी शंका गर्ने गरेको र झगडा भएको बताइन् । पुष्पको आफन्तले दुवैलाई मिलेर बस्नु भने । पुष्पले सम्झाउन कोसिस गरे, बुझाउन अनेक गरे तर उनकी श्रीमती रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरिरहिन । पुष्पलाई बेला बेलामा माफी माग्दै पैसा पठाउन लगाइरहन्थिन् । तर उनकी श्रीमती रमिना भने आफूले पठाएको पैसा लिएर ब्वाइफ्रेण्डसँग घुमिरहेको थाहा पाएपछि उनलाई पुष्पले सोध्ने गर्दथे, ‘मेरो र छोरालाई कमसेकम बुझ्नुहोस् । तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ’? तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछि पुष्पलाई झन के गरौ के नगरौको स्थितिमा पुगे ।

डेढ वर्ष अघि पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिएर आफ्नो नाममा पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछि आफ्नो सम्पत्ति र छोरा फिर्ता मागे । अनि श्रीमती रमिना सम्पर्कविहीन बनिन् ।

पुष्प न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मिडियामाझ आइपुगेका छन् । पुष्पले आफ्नी श्रीमतीको खोजप्कार्य गरिदिन मिडियालाई आग्रह गरेका छन् । आफ्नो सम्पत्ति र छोरा फिर्ता गर्न गुहारेका छन् । यदि रमिना श्रेष्ठलाई देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पुष्पले आग्रह गरेका छन् । पुष्पलाई परेको यो समस्या त प्रतिनिधि पात्र मात्रै हुन । यी र यस्तै घटना भोगिरहेका धेरै जना छन् । पुष्पले भ्याएसम्मका तरिका अपनाएर श्रीमती रमिनालाई खोजे पनि भेट्न नसकेपछि हामी माझ आएको घटना हो यो ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech