कोहलपुरमा सुरक्षित बैदेशिक रोजगार कार्यशाला

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको कोहलपुर नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार बिषयक कार्यशाला सम्पन्न भएको छ । एकाउन्टबिलिटी ल्याब र बास नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका युवाहरु र कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा उक्त कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सक्रिय सहभागिताकालागि योजनाको प्रभावकारी सुचना प्रवाह र आवश्यक जानकारी लिन सकिने कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले बताए । नगर प्रमुख रावतले नगरपालिकामा आएर युवा लक्षित योजना तथा कार्यक्रमबारे जानकारी लिन अनुरोध गरे । समुहमा योजना सहित आउने युवाहरुलाई आवश्यक आर्थिक उत्थानका प्याकेजहरु उपलब्ध गराउन सकिने उनको भनाई थियो । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई एकजुट गराएर स्थानीय सरकारसँगको निकटता बढाउने कार्यमा संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रमुख रावतले धन्यबाद ज्ञापन गरे ।


कार्यक्रममा कोहलपुर नगरपालिकाले बैदेशिक रोजगार सम्बन्धित तयार गरेका योजनाका बारेमा सामाजिक बिकास शाखा प्रमुख इन्द्रमणि ढकालले जानकारी गराएका थिए । नगरपालिकाले चालु आर्थिक बर्षमा सुरक्षित बैदेशिक रोजगारमा जानु पुर्व अभिमुखिकरण कार्यक्रम, कोभिडबाट प्रभावित भई स्वदेश फर्किएका आप्रवासी कामदारका लागि अनुदानमा कृषि शाखा अन्तरगत बाख्रा पालन, कुखुरा र बंगुर पालनका निम्ति १०० बढि आप्रवासी कामदारलाई २० हजार अनुदान सहयोग गरेको जानकारी दिए । उनले नगरमा आप्रवासी युवाहरुको एकिन तत्थ्याङ्क नहुदा सबैलाई समेट्न अप्ठेरो भएकोले आप्रवासि प्रोफाइल तयार गर्नुपर्नेमा जोड दिए । सो क्रममा वडा अध्यक्षहरु लगायत शाखा प्रमुखहरुले बोलेका थिए । करिब १ घण्टा सम्म चलेको छलफलमा उठेका भनाईहरुलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिका राम ढकालले समापन गरेका थिए । परियोजनाका संयोजक लोक बहादुर घतिले सहजिकरण गरेको कार्यक्रममा स्वागत बासका जनसम्पर्क अधिकृत मुना बिष्टले गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रमुख प्रशासकिय अधिृकत टिका राम ढकाल, वडा नं. २, १३, ११ र १२ का वडाअध्यक्ष, शाखा प्रमुख सहित २५ बढीको सहभागिता रहेको थियो ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech