डोल्मा पहाडी स्मृति प्रतीक्षालय स्थापना

असल शासन प्रतिनिधि

सुर्खेत/ खेलाडी र नर्स डोल्मा पहाडीको ४५ औ दिनको पुण्य तिथिमा बुधबार एक कार्यक्रमका किच प्रतिक्षालयको उद्घाटन गरिएको छ । भेरीगंगा ७ स्थित छिन्चु– काल्चे सडकमा निर्माण गरिएको डोल्मा पहाडी समृति प्रतीक्षालय उद्घाटन गरिएको हो ।

भेरीगंगा वडा नम्बर ७ का वडाअध्यक्ष कर्णबहादुर मिजारले बुधबार एक कार्यक्रमका बीच प्रतीक्षालयको उद्घाटन गरेका छन् । संचारकर्मी टेकेन्द्र बस्यालको धर्मपत्नी एवम् खेलाडी तथा नर्स पहाडीको स्वर्गारोहण भएको ४५ औं दिनको तिथिमा उनकै निवास रहेको गाउँमा पक्की प्रतीक्षालय बनाइएको छ ।

प्रतीक्षालय उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी भूपेन्दकुमार रोकाय र वडाअध्यक्ष मिजारले पुण्यतिथिमा निर्मित प्रतीक्षालय उद्घाटन कार्य पुण्य र उदाहरणीय काम भएको बताए । उक्त कार्यक्रममा स्वर्गीय पहाडीको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । यस्तै उनको तस्बिरमा परिवार, आफन्त र सहभागीले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

खेलाडी तथा नर्सिङ अधिकृतसमेत रहेकी पहाडीको गत पुस ४ गते ३० वर्षको उमेरमा निधन भएको थियो । उद्घाटन कार्यक्रममा परिवारजनले प्रतीक्षालय निर्माणमा आर्थिक, नैतिक, प्राविधिक, जनश्रमदान सहयोग गर्ने बस्याल परिवार, आफन्त र इष्टमित्रजनलाई धन्यवाद व्यक्त गरिएको थियोे ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech