लखनउबाट दुई बालश्रमिकको उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भारतबाट दुई नेपाली बालश्रमिकलाई उद्धार गरी नेपालगन्ज ल्याइएको छ । भारतस्थित लखनउ सहरमा बालश्रमिकको रुपमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहाको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र देहात संस्था रुपइडिहा भारतको सक्रियतामा उद्धार गरिएको हो ।

उद्धार हुनेमा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ वर्षीय इब्रान शेख र अवलसिङ सुर्खेतका १६ वर्षीय विकास थापा रहेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । इलाका प्रहरी जमुनाहाको समन्वयमा लखनउ गएर दुवै बालश्रमिकलाई उद्धार गरी नेपालगन्ज ल्याइएको हो ।

उद्धार गरी ल्याइएका दुवै बालकहरुलाई पुनस्र्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लगाइएको छ । उद्धार गरिएका दुवै बालकहरु लामो समयदेखि भारतको लखनउमा बालश्रमिकको रुपमा कार्य गर्दै आएका थिए ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech