६ प्रश्नमा विजयता श्रेष्ठ

असल शासन प्रतिनिधि

विजयता श्रेष्ठ, सामाजिक अभियन्ता

१. तपाईंको जीवनको आदर्श के हो ?
म महिला भएकाले संसार भरिका महिलाहरुले कुनै पनि किसिमको दुव्र्यवहार जस्तै सामाजिक, शारीरिक, मानसिक र आर्थिक रुपबाट पीडित हुनु नपरोस् भन्ने नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाईं यहाँसम्म आई पुग्नु भयो ?
मैले काम गर्दै जाँदा आफ्नै कामको उत्प्रेरणाले म यहाँसम्म आइपुगेकी हुँ ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
लैङ्गिक समानताको लागि काम गरिरहेकी छु ।

४. तपाईंको जीवनको अविस्मरणीय क्षण ?
विश्व खाद्य कार्यक्रमको अन्तर्वार्तामा मेरो नाम निस्किदाको क्षण नै अविस्मरणीय हो ।

५. तपाईंको बुझाइमा असल शासन भनेको के हो ?
कुनै पनि मानिसले कुनै पनि सेवा प्राप्त गर्दा सम्मानजनक रुपमा प्राप्त गर्छ भने त्यो असल शासन हो ।

६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
मेरो नेपालमा सामाजिक विकासको लागि टेवा पुर्‍याइ रहने प्रतिबद्धता छ ।

प्रस्तुतिः मुना बिष्ट

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech