नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरिएको भे१प ११११ नम्बरको स्काभेटरमा मंगलबार राती अज्ञात समूहले आगजनी गरेका हुन् ।
ट्राफिक प्रहरी पोस्ट शमशेरगन्जका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारीका अनुसार राती पौने १० बजे स्काभेटरका चालक तथा सहचालक खाना खान गएको बेला स्काभेटरमा आगजनी भएको थियो । स्काभेटरमा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगजनीबाट स्काभेटर पूर्णरुपमा जलेको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको जनाएको छ ।
स्काभेटर मालिक गौरब रावलले तत्काल दोषीलाई पक्राउ गरी क्षतिपूर्ति दिलाउन प्रहरी समक्ष माग गरेका छन् ।