सिटिइभिटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबै स्थगित परीक्षाहरू सञ्चालन हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै स्थगित भएका सबै परीक्षाहरू पुनः सुचारू गर्ने जानकारी दिएको हो।
परीक्षा फागुन ६ गतेदेखि हुने भएको छ।

सिटिइभिटीले सम्पूर्ण परीक्षा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने बताएको छ।

यसअघि कोभिड–१९को संक्रमण तिव्र गतिमा फैलिएपछि सिटिइभिटीले परीक्षालाई स्थगित गरेको थियो।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech