बाँके राष्ट्रिय निकुञ्जमा भिटिआर सिस्टम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिस्टम जडान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको सडक प्रवेश गर्ने चेक पोष्ट शिवखोला र प्रगति नगरमा उक्त भीटीआर सिस्टम जडान गरिएको हो ।

बाँके निकुञ्जका प्रमुख श्यामकुमार शाहका अनुसार उक्त सिस्टम जडान गर्न करिब १५ लाख रुपैयाँ लागेको बताए । भीटीआर सिस्टम जडान भएपछि निकुञ्जको चेकपोष्टमा सवारी साधनबाट उत्रिएर चेक पोष्टमा लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनु पर्ने झन्झटको अन्त्य भएको छ ।

भीटीआर सिष्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र निकुन्ज क्षेत्रबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भीटीआर सिस्टमबाट प्राप्त हुने विवरणका आधारमा सुरक्षाकर्मीले निकुञ्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने छन् ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech