कैलाली र कञ्चनपुरका विपन्न बालबालिकालाई सहयोग

असल शासन प्रतिनिधि

धनगढी / कैलाली कञ्चनपुरका ६ जना अनाथ असहाय तथा विपन्न बालबालिकालाई स्कुल पोसाक, शैक्षीक सामाग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको छ । पारिवारीक आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका बालबालिकालाई युनिसेफ नेपालको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास) ले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
जस अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका कैलालीको धनगढी उपमहानगरपालिका–४ खानेपानि टोलका त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत सन्ध्या कुमारी सोप, स्वतिका सोप, सम्झना र समिर सोपलाई विद्यालय पोसाक, शैक्षीक सामाग्री तथा खाद्यन्नको लागि नगद १० हजार सहयोग गरिएको छ ।


परिवारमा बुबा बिरामी भएर लामो समयदेखी सेती प्रादेशीक अस्पतालमा उपचाररत भएपछि उनीहरुको परिवारमा चरम आर्थिक संकट परेको छ । घरमा खाद्यान्नको अभाव भएर वालवालिकाहरु भोकै रहने अवस्था भएपछि खाद्यान्न सँगै उनीहरूलाई न्यानो लुगा, जुत्ता, स्कुल पोसाक, शैक्षीक सामाग्रीका लागि नगद सहयोग गरिएको छ ।
वालवालिकाहरुको घरमा नै पुगेर धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपक प्रसाद थापाक्षेत्री र बासका सुदूरपश्चिम संयोजक लक्ष्मी प्रसाद जैशीले सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण पछि बोल्दै वडाध्यक्ष थापाले बासले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको भन्दै अप्ठेरोमा परेका बालवालिकाहरुलाई गरेको सहयोगले परिवारमा आसा पलाएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बालबालिकाहरुको दैनिय अवस्था देखे पछि कार्यक्रममा उपस्थिती वडाध्यक्ष थापाले व्यक्तिगत तर्फबाट नदग ३ हजार थप सहयोग उपलब्ध गराएका थिए । सो क्रममा बासका सुदूरपश्चिम प्रदेश संयोजक जैशीले समस्यामा रहेका बालबालिकाहरुलाई युनिसेफ नेपालको सहयोगमा बासले विभिन्न किसिमका सहयोग गर्दै आएको बताए ।
यसै गरी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाङाजाइका असहाय दुई बालबालिका राम मिलन राना र अमृता रानालाई सहयोग गरिएको छ । उनीहरु अध्ययनरत बैजनाथ बहुभाषिक आधारभुत विद्यालयमा उनलाई नगद हस्तान्तरण गरिएको हो । कक्षा ८ मा अध्ययनरत राम मिलन राना आर्थिक अवस्था कमजोर भएकै कारण होटलमा काम गरेर दैनिक विद्यालय आउने गर्छन् । यस्तै कक्षा ४ मा अध्ययनरत अमृता राना परिवारमा कोही नभएपनि फुपुको घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनिहरुलाई विद्यालय पोसाक, शैक्षीक सामाग्रीको अभावले विद्यालय छोड्ने अवस्था सिर्जना भएको जानकारी भएपछि बासले बाल संरक्षण कार्यक्रम अन्तरगत सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा लालझाडी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य गर्भु राना र विद्यालयका सहायक प्रध्यानध्यापक दिपेद्र रानाले बालककी आमा रामजानकी रानालाई नगद हस्तान्तरण गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech