सशस्त्रका सईले धोबीलाई कुटेर कानको जाली फुटाइदिए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा सशस्त्र प्रहरीका सइको कुटाइबाट एकजना सर्वसाधारणको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वायाँ कानको जाली फुटेको हो ।

डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने विषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी शनिबार हिरमिनिया पुगेका थिए । धोबीले अध्यक्ष चौधरीसँग हटाउने भए सबैलाई हटाउन र नत्र व्यक्ति छानेर नहटाउन आग्रह गरेका थिए । सई थापाले बढी बोलेको भन्दै धोबीलाई कुटेको वडाअध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech