कालिकोटको रास्कोटमा रुपान्तरण

असल शासन प्रतिनिधि

कालिकोट / किशोरीहरुलाई शिक्षा तर्फ उन्मुद गराउने उद्देश्यले कालिकोटको रास्कोट नगरपालिकामा रुपान्तरण कक्षा शुरु गरिएको छ ।
बिद्यालय बाहिर रहेका किशोरीहरुकालागि रुपान्तरण कक्षा सञ्चालन गरि उनीहरुलाई बिद्यालय भर्ना गर्न अभिप्रेरित गर्ने उद्धेश्यले कक्षा सञ्चालन गरिएको हो ।


युनिसेफ नेपालको सहयोग,रास्कोट नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा सञ्चालन हुने रुपान्तरण कक्षाको आजएक कार्यक्रमका बिच रास्कोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख, प्रबक्ता तथा वडा नम्बर २ का अध्यक्ष दयाराम सिम्खाडाले गरेका छन् । कक्षाको उद्घाटनमा बोल्दै कार्यवाहक नगर प्रमुख सिम्खाडाले रुपान्तरण कक्षाले शिक्षाको ज्वतीबाट बन्चित बालवालिकाहरुको जिवनमा ज्वती छर्ने बिश्वास ब्यक्त गरे । उनले कक्षाको सफलताको शुभकामना ब्यक्त गरे । बाल संरक्षण कार्यक्रम अन्तगत रास्कोट नगरपालिकाका विभिन्न स्थानमा ४ ओटा समहु गठन गरि १०० जनाका लागि कक्षा सञ्चालन गरिएको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech