राप्रपाका नेता मोहनसिंहको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ । ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

लामो समयदेखि मधुमेह, रक्तचाप, मृगौलालगायतका समस्याबाट ग्रसित केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गरेका थिए । उनको पार्थिव शरीरमा राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेललगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका छन् । केसीको निधनप्रति दुःख व्यक्त गर्दै राप्रपालगायत विभिन्न दलका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

राप्रपा महामन्त्री राणा, सहायक महामन्त्री देवकोटा र जिल्ला अध्यक्ष पौडेलले पनि केसीको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले एक राष्ट्रवादी, निष्ठावान र असल नेता गुमाएको र पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech