कान्तिपुरकर्मी क्षेत्रीलाई पितृशोक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कान्तिपुर दैनिक क्षेत्रीय कार्यालय नेपालगन्जमा कार्यरत गोविन्द क्षेत्रीलाई पितृशोक परेको छ । नेपालगन्ज वडा नम्बर ४ निवासी उनका बुवा रामबहादुर क्षेत्रीको शुक्रबार बिहान १ बजे निज निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

पूर्व सरकारी वकिल कार्यालयको कर्मचारीसमेत रहेका ६९ वर्षीय मृतक क्षेत्रीको तीन छोरा र एक छोरी रहेका छन् । स्वर्गीय क्षेत्रीको शुक्रबार(आज)  धार्मिक विधिपूर्वक बाँकेको सिधनिया घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

यस दुखद् घडीमा पारिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनी असल शासन मिडिया हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

 

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech