खजुरामा लागुऔषधविरुद्ध नागरिक सहायता कक्ष स्थापना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ खजुरा गाउँपालिकामा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श सम्बन्धी निःशुल्क नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहायता कक्ष स्थापना गरिएको हो ।

दिनप्रतिदिन गाउँस्तरमा बढिरहेको लागुऔषध नियन्त्रण गर्ने हेतुले स्थापना गरिएको सहायता कक्षबाट कुलतमा फसेका दुव्र्यसनीको पहिचान गरी गाउँपालिकाको सिफारिसमा नेपालगन्ज गणेशमान चौकस्थित परामर्श केन्द्रमा उपचार तथा निशुल्क परामर्श दिइने व्यवस्था मिलाइएको छ ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागूऔषध प्रयोग तथा कारोबारीलाई नियन्त्रण गर्न सकिने भन्दै आफ्नो गाउँ छिमेकमा लागु पदार्थ दुव्र्यसनी एवम् कारोबारी भए सहायता कक्षमा जानकारी गराउन आग्रह गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्रकुमार जोशीले लागुऔषध दुव्र्यसनी एवम् कारोबारीलाई जरैबाट उखेल्ने उद्देश्यले बाँकेका ८ वटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरिने बताए ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech