बारबर्दियामा लैंगिक परीक्षण अभिमुखीकरण

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बारबर्दिया नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अभिमुखिकरण तथा प्रारम्भिक कार्यशाला गरिएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग, बारबर्दिया नगरपालिकाको आयोजना र असल शासन मिडियाको सहजिकरणमा उक्त अभिमुखिकरण आज गरिएको हो ।
बारबर्दिया नगरपालिकाको हलमा भएको अभिमुखिकरणमा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको परिचय, परिक्षण गर्दा अपनाईने प्रक्रिया, परिक्षणका सुचकहरु लगायतका बिषयमा असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले प्रस्तुतीकरण गरेका थिए ।


अभिमुखिकरणबाट बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुको संयोजकत्वमा ११ सदस्सीय लैंगिक परिक्षण सहजिकरण समिति गठन गरिएको छ । त्यसैगरी लैंगिक परिक्षणको सहजिकरणका लागि नगरपालिकाका उपप्रमुख अन्जु दहितको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरिएको छ ।
अभिमुखिकरणमा बोल्दै नगर उपप्रमुख अन्जु दहितले नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समाबेशिकरणमा राम्रो काम गरेको बताईन् । परिक्षण दस्ताबेजको आधारमा हुने भएकाले आगामी दिनमा नगरपालिकाले के कुरामा ध्यान दिने भन्ने कुराको सिकाई परिक्षण बाट हुने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाहीले लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणले नगरपालिकाको स्वमूल्यांकनमा टेवा पुर्याउने बताए । उनले परिक्षण जस्ता बिषय तथा क्षेत्रमा कामसँगै गरेका कामहरुको दस्ताबेजीकरण राम्रो गर्न सकेमा पालिका उत्कृष्ट बन्ने धारणा राखे । उनले अहिलेको परिक्षणले आगामी दिनमा उत्कृष्ट कार्यगर्न प्रोत्साहन गर्ने विश्वास ब्यक्त गरे ।
असल शासन मिडियाका निर्देशक तथा लैंगिक परिक्षण समुहका सदस्य हेमराज भट्टले सहजिकरण गरेको अभिमुखिकरणमा सहभागि कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले लैंगिक परिक्षण निकै जरुरी रहेको भन्दै यथार्थ रुपमा परिक्षणको नतिजा ल्याउन आआफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
अभिमुखिकरणमा नगर उपप्रमुख अन्जु दहित, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाही, नगर प्रबक्ता दुर्गा बहादुर बिश्वकर्मा, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु गरी २५ बढीको सहभागिता रहेको थियो ।
असल शासन मिडियाले प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा बर्दियाका सबै पालिका र बाँकेका ५ ओटा पालिका गरी १३ ओटा पालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण गर्दै आएको छ ।

 

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech