पत्रकारको आडमा धम्क्याउने मनोज पकाउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/आफुलाई पत्रकार भन्न रुचाउने मनोज तमौलीलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।

नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरीसङ्ग बार्गेनिङ गरेपछी उनलाई पक्राउ गरिएको हो ।

प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमौलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । उनको बार्गेनिङ सहितको धम्की पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जानकी गाउँपालिका–६ गनापुर निवासी तमौलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech