मलद्वारमा लुकाएर ल्याईएको सुन सहित पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौर १० रौतहटका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी ७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी ३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएकाे अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ। बरामद गरिएकाे सुन र माेवाइलकाे मूल्य ९९ लाख २९ हजार ६९८ रहेकाे प्रहरीले जनाएकाे छ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech