मदिरा पिउनुका साथै खाना तताएर खाएपछि चोरी !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुन्दै अचम्म लाग्ने चोरीको घटना बाँकेमा घटेको छ । पक्राउ पर्ने डरले चोरीको कामलाई छिट्टै सकेर भाग्ने घटना धेरैजसो ठाउँमा हुने भएता पनि बाँकेमा भने चोरले मदिरा पिउनुका साथै चिसो खाना तताएर खाइसकेपछि चोरी गरेका छन् ।

कुरा कोहलपुरको हो । कोहलपुरमा बिहीबार एकै दिनमा राति तीन ठाउँमा चोरी भयो । चोरी भएको ठाउँ दुईवटा होटल रहेका छन् भने एउटा स्टोर रहेको छ । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो ।

चोरी गर्न गएका चोरहरुले खाजा घरमा चोरी गर्दा बचेको दाल भात तताएर समेत खाएको देखिएको संचालक आकाश कार्कीले जानकारी दिएका छन् । साथै उनीहरुले विभिन्न ब्राण्डका रक्सी तथा पेय पदार्थसमेत खाएको भेटिएको संचालकले बताए ।

कार्कीका अनुसार चोरले काउन्टर फुटाएर नगद २७ हजार र करिब ४०/५० हजारको पेय पदार्थ चोरी गरेका छन् ।

अन्य पसलमा नगद तथा जिन्सी सामाग्री चोरी भएको छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech