बर्दियाकी दुर्गा ब्राउन सुगरसहित बाँकेमा पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लागुऔषध ब्राउनसुगरसहित बर्दियाकी एक युवती बाँकेबाट पक्राउ परेकी छिन् । बाँके प्रहरीले शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ वर्षीया दुर्गा शर्मालाई १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरीको टोलीले उनलाई शंका लागि चेकजाँच गर्दा उनको शरीरमा लुकाइ छिपाइ राखिएको १२ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले दैनिकजसो लागूऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरे पनि लागूऔषधको प्रयोग र कारोबारमा भने नियन्त्रणमा आउन सकेको छैन ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech