५० जना पत्रकारको आँखा जाँच

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रेस चौतारी बाँकेले बाँकेका ५० जना पत्रकारको निःशुल्क आँखा जाँच गराएको छ । २४ औं स्थापना दिवसको अवसरमा चौतारीले भिजन आँखा अस्पतालसँग समन्वयमा पत्रकारको आँखा जाँच कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा जाँच गराएका ५० जना पत्रकारमध्ये दुईजना पत्रकारमा मोतिबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको पाइएको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायका अनुसार १६ जना पत्रकारलाई टाढा कम देख्ने र १२ जनालाई नजिक कम देख्ने समस्या देखिएको नेत्ररोग विशेषज्ञ डा. प्रचण्ड गौतमले जानकारी दिएका छन् ।

यस्तै २३ जना पत्रकारमा आँखा सुख्खा भएको अस्पतालले जनाएको रोकायाले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुटको सुविधा पनि दिइएको अस्पतालले जनाएको छ । चेकजाँचका साथै औषधि पनि निःशुल्क वितरण गरिएको अध्यक्ष रोकायाले बताए ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech