औद्योगिक क्षेत्रमा कार्की

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको अध्यक्षमा किरण कार्की निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको संघको प्रथम साधारण सभाबाट असल शासन मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा असल शासन मिडिया संचालक समिति सदस्य दिला शाह पनि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।

सभाले कार्कीको अध्यक्षतामा ११ सदस्यीय समितिलाई निर्विरोध निर्वाचित गरेको छ । निर्वाचन अधिकृत विकास आचार्यका अनुसार वरिष्ठ उपाध्यक्षमा अब्दुल वाहिद अन्सारी, उपाध्यक्षमा दिला कुमारी शाह, महासचिवमा विवेक थापा, सचिवमा पुष्पा पोख्रेल र कोषाध्यक्षमा गौरब डाँगी रहेका छन् । त्यस्तै सदस्यमा क्रमशः चम्पालाल बोथरा, रिद्धकरण जैन (सिन्धी), सुल्तान सलाउद्दिन अन्सारी, चन्द्रकान्त आचार्य र होमनाथ ज्ञवाली रहेका छन् । यसैगरी संघको  सल्लाहकारमा वरिष्ठ उद्योगी कन्हैयालाल बैध र कानुनी सल्लाहकारमा विकास आचार्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष किरण कार्की बीचमा र उपाध्यक्ष दिला कुमारी शाह (बायाँ)

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले उद्घाटन गरेको साधारण सभामा निर्वाचित नवपदाधिकारीलाई मेयर राणाले प्रमाणपत्र वितरण गरेका थिए । उनले निर्वतमान अध्यक्षलाई आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै ढोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech